FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सर्जमिन गर्न नपर्ने भए सोही दिन, सर्जमिन गर्नुपर्नेमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिन पश्चात् रु. २००
आवश्यक कागजातहरु: 

जन्म दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • बाबु र आमाको नागरिकता प्रमाणपत्र (सक्कली),
  • स्वास्थ्य  संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्मको प्रतिवेदन,
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
  • विदेशी भएमा बाबु, आमाको राहादानी प्रमाणपत्रको प्रतिलिपि तथा  सम्बन्धित वडामा बसोबास रहेको प्रमाण,
  • आमाको नागरिकतामा पति कायम नभए विवाह दर्ता,
  • बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरीको प्रतिवेदन । 

मृत्यु दर्ता:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • मृतकको नागरिकता प्रमाणपत्र, 
  • सूचकको नागरिकता प्रमाणपत्र,
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज वडामा बसोबास गरेको प्रमाण । 

विवाह दर्ता :

  • दुलाहा र दुलहीको संयुक्त सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • दुलाहा र दुलहीको नागरिकता प्रमाणपत्र,
  • बाबु बाजे नाम खुलेको सक्कल प्रमाण लिई पति र पत्नी दुवै उपस्थित हुने,
  • कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
  • अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा र दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज,
  • दुवै जनाको हालसालै खिचेको अटो साईजको २ प्रति फोटो ।

बसाई सराइ:

  • मुलीको सूचना फाराम
  • सूचकको ना प्र पत्र, परिवारहरुको नाम,नातासम्वन्ध र जन्म मिति
  • वसाइसराइ भएको स्थानको जग्गाधनी दर्ता प्रमाणपुर्जा ( जानेका लागि)
  • वसाइसराइ भइ आउनेको हकमा वसाइ परित्याग गरेको गा.वि.स को स्थानीय पंजिकाधिकारीको कार्यालयवाट जारी गरेको वसाइसराइ दर्ता प्रमाणपत्र नागरिकता, परिवारहरुको नाम नातासम्वन्ध र जन्म मिति

सम्बन्ध विच्छेद:

  • सूचना फाराम वा public.donidcr.gov.np मा अनलाईन दर्ता गरी Token No.,
  • अदालतबाट सम्बन्ध विछेद भएको फैसलाको प्रतिलिपि,
  • विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङ्ग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलर बाट प्रमाणिकरण गरेको सक्कल प्रति ।