FAQs Complain Problems

विज्ञ सूचीमा सूचीकृत हुन निवेदन पेश गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३।०५।०४)

प्रस्तुत विषयमा मध्यपुर थिमि नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूमा रिक्त हुने प्रधानाध्यापक, करार शिक्षक (विभिन्न दरबन्दी, अनुदान शिक्षक) तथा कर्मचारी नियुक्तिका लागि सिफारिस गर्ने तथा कार्यरत शिक्षकहरुलाई आवश्यक पेशागत सहायता प्रदान गर्ने प्रयोजनका लागि विषय विज्ञहरूको सूची अद्यावधिक गर्नुपर्ने भएको हुदाँ यस कार्यालयको मिति २०८३।०५।०३ को निर्णयानुसार योग्यता पुगेका शिक्षकहरुलाई देहायका कागजात सहित १५ (पन्ध्र) दिन भित्र निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।
देहाय:
क. निवेदनसँग संलग्न गर्नुपर्ने कागजातहरू
१. विषय विज्ञको सूचीमा सूचीकृत हुन चाहेको स्पष्ट उल्लेख भए‌को निवेदन।
२. स्थायी नियुक्ति पत्रको प्रतिलिपि।
३. प्राप्त गरेको माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित कागजातहरुको प्रतिलिपि।
४. सम्वन्धित विषय वा पेशागत विकाससँग सम्बन्धित तालिमको प्रमाणपत्रको प्रतिलिपि।
५. कम्तीमा ५ वर्षको शिक्षण सेवा अनुभव भएको प्रमाणित कागजात।
ख. न्यूनतम शैक्षिक योग्यता
१. आधारभूत तह (कक्षा १-८) का लागि शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने।
३. माध्यमिक तह (कक्षा ९-१२) का लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने।

सुनेश अधिकारी
प्रमुख, शिक्षा युवा तथा खेलकुद शाखा