FAQs Complain Problems

नागरिकता प्रमाणपत्र सिफारिस

लाग्ने समय: 
सर्जमिन गर्नुपर्ने भएमा बढीमा ७ दिन, सर्जमिन गर्नु नपर्ने भएमा ३० मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
.
आवश्यक कागजातहरु: 

वंशजको नागरिकता सिफारिस

  • कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबु वा आमाको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको  विदेशी महिलाको लागि)

  • निवेदन, अनुसूची – ७ को फारम भरेको
  • नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
  • विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  • सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नेपाली नागरिकताको सिफारिस  ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )

  • निवेदन, अनुसुची ७ को फाराम भरेको
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
  • जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
  • सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
  • सर्जमिन मुचुल्का 
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद